पुल बनाउने सामानहरु चोरी गर्ने थप पक्राउ

पोखरा,१६ भदौ । कास्कीको पुरन्चौरमा निर्माणधिन पुलको सामान चोरी गर्ने थप ४ जना पक्राउ परेका छन् । भदौ ९ गते राति पुरन्चौर ७ र घाचोक १ जोडने सेती नदीको पुल निर्माण गर्ने पुरन्चौर घाचोक माछापुच्छ्रे सडक खण्ड अन्र्तगतको ट्रष्ट ओभर हेड मोटर व्रिज कन्ट्रक्सनको पम्सेट जस्ता विभिन्न सामानहरु चोरी गरी फरार रहेका ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
पक्राउ पर्नेमा कास्की पुरन्चौर ७ का मोहन अधिकारी , पुरन्चौर ९ का दिपक अधिकारी , देवेन्द्र गौतम र पुरन्चौर ७ का विकास भुजेललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 

कमेन्टहरु
Loading...