दलित प्रहरीको ओडारमा बास

पोखरा, ११ भाद्र/बाजुराका एक प्रहरी जवान दलित भएकै कारण बुढीनन्दा मेला भर्नबाट बञ्चित भएका छन्। पुजारीको धम्कीले बीचबाटोबाटै फर्काइएर उनी एक रात सुनसान ओडारमा रात विताउनएको आजको कान्तिपुरमा खबर छ।
मेला सुरक्षार्थ प्रहरी टोलीमा स्थानीयबासी जनक विकसमेत थिए। प्रहरी सहायक निरिक्षक शेरबहादुर चन्दको नेतृत्वमा उक्त टोली मेला तर्फ ३ दिनअघि कोल्टीबाट हिड्यो। डेढ दिनको ठाडो उकालो पार गर्दै चरी दह भन्ने स्थानमा पुग्यो। त्यस ठाउँमा बढीनन्दा जाने तिर्थालुसहित पुजारी भेला भएका थिए। केही बेरमै प्रहरी टोलीमा दलित भएको भन्दै विरोध सुरू भयो।
उनलाई मेला जानबाट बञ्चित गराइयो।ुपुजारी श्रीलाल बोहोराले बोलाएर दलित जाने भए यात्रा अघि बढ्दैन भने,ु सहायक निरिक्षक चन्दले भने,ुत्यसपछि जनकलाई नै सोधे, उनले भैगो सर मेरा कारणले अफ्ठेरो हुने भए जान्न भन्यो।
ुअनि म अलग्गिएपछि तिर्थालुहरूसँगै गैर दलित सहकर्मी पछि लागे,ुउनले भने,ु सुन्दर पाटनमा उनीहरूको लस्करलाइृ मैले आखाँले देखुन्जेल हेरीरहेँ, ओझेल परेपछि त्यस सुनसान ठाँउमा म एक्लै भए।ु अलि तल छाप्रेमा रात पर्‍यो। यता उता हेरे, ओडार देखेँ। त्यही रात विताएँ,ु उनले भने।

कमेन्टहरु
Loading...