पेट्रोलियम पदार्थ र ग्याँस कारोवार नियमन अध्यादेश स्थगित

काठमाडौं, चैत्र २३ । सरकारले निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको कारोबार गर्न दिने उद्धेश्यले ल्याएको अध्यादेश हालका लागि स्थगित गरेको छ । पेट्रोलियम व्यावसायीहरुसंग आज भएको वार्तामा सरकारले उक्त अध्यादेश स्थगित गर्ने बताएको हो । सरकारको यो निर्णयसंगै पेट्रोलियम ब्यावसायीहरुले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उक्त अध्यादेश खारेज गर्नुपर्ने माग गर्दै व्यावसायीहरुले यही २५ गतेदेखि आन्दोलनमा उत्रने घोषणा गरेका थिए । ब्यवसायीहरुले सरकारले जारी गरेको नियमन आदेश ब्यवसायीलाई सिध्याउने खेलो भएको भन्दै विरोधस्वरुप आन्दोलन गर्दैथिए । उनीहरुको आन्दोलनले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस वितरण कार्य ठप्प हुँदै आएको थियो । यो सहमतिसंगै उपभोक्ताले पेट्रोलियम पदार्थ र ग्याँस सहजै पाउने अनुमान गरिएको छ । cp.

कमेन्टहरु
Loading...