महायज्ञको प्रचारगर्दै लेखनाथमा भेला

पोखरा, १५ जेठ/नौलो घुम्ती नेपालले पोखरामा आयोजना गर्न लागेको महायज्ञको प्रचार प्रसारगर्दै बुधबार लेखनाथमा पनि भेला सम्पन्न भएको छ । कार्यक्रममा नौलो घुम्ती नेपालका अध्यक्ष पदमराज पहारी, कोषाध्यक्ष योगराज पौडेल, पुर्वअध्यक्ष इन्दिरा बराल, कार्यकारी निर्देशक रामप्रसाद ज्ञवाली, वित्त तथा प्रशासकीय अधिकृत नारायणप्रसाद पौडेलले महायज्ञलाई आफ्नै कार्यक्रम सम्झेर सहयोग गर्न आव्हान गरेका थिए ।

भेलामा सहभागी निजी तथा समाजिक क्षेत्रका व्यत्तित्वहरुले कास्कीमा लागु औषध प्रयोगकर्ताको समस्या रहेका बेला उनीहरुलाई उपचार सेवा उपलव्ध गराउने उदेश्यले महायज्ञ गरिनु सकारात्मक भएको बताए ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव बाबुराम गिरी, सामुदायिक सेवा केन्द्र लेखनाथका महासचिव दयाराम तिवारी, समाजसेवी सूर्यमोहन भट्टराई, ब्राहमण समाज लेखनाथ – १२ का अध्यक्ष कृष्णप्रसाद सुवेदी, लगनशील आमा समुहका अध्यक्ष जमुना पौडेल, नवदुर्गा आमा समुहका अध्यक्ष मिनाकुमारी गुरुङ, परोपकार आमा समुहका अध्यक्ष मनमाया लामाले महायज्ञलाई सफल बनाउन खुलेर लाग्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।

पोखराको ड्यामसाइडमा हुने महायज्ञमा युवा पण्डीत दिनबन्धु पोखरेल प्रमुख वाचक रहने छन् । महायज्ञ जेठ २० देखि २७ गतेसम्म हुने छ । लागु पदार्थ परामर्श तथा पुनस्थापना केन्द्र निर्माण, गरिव, विपन्न, अशक्त, असहायका लागि निःशुल्क आवासिय उपचार सेवा र पोखराको धार्मिक तीर्थस्थल सिता पाईलाको संरक्षण र संम्वद्र्वन गर्नका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो ।

कमेन्टहरु
Loading...