प्रचण्ड राम्रो मान्छे भन्दिएको भए मैले सोच्नुपर्थ्यो

प्रचण्ड, अध्यक्ष एनेकपा (माओवादी)

मलाई त गर्व छ, ती तत्वहरु जो विदेशी डलरमा बाँचेका छन्, डलरमा बिकेका छन् र परिवर्तनको प्रवाहलाई रोक्न खोजिरहेका छन्, तिनीहरुले रातदिन प्रचण्डको विरोध गरेर जे कुरामा पनि प्रचण्डलाई आरोपित गरेका छन् । यसमा मलाई गर्व छ । प्रतिक्रियावादी, प्रतिगामी र यो देशका सबैभन्दा बढी शोषण गर्ने तप्काले मलाई मन पराएको छैन । मलाई उनीहरुले परिवर्तनको प्रतीक बनाइदिएका छन् । नाकारात्मक हिसाबले उनीहरुले हाम्रो पार्टीलाई परिवर्तनको प्रक्रियामा सहयोगै गरे । उनीहरुले प्रचण्ड राम्रो मान्छे हो भन्दिएको भए मैले सोच्नुपथ्र्यो कि म काहिँ बिगि्रएको त छैन ?prachanda

 

दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन हुँदै मुलुकमा जुन परिवर्तन आयो, त्यो नेतृत्वमा आएर केन्द्रीकरण हुँदा सात पार्टीका तर्फबाट गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट प्रचण्डले हस्ताक्षर गरेर यो परिवर्तन आयो । गिरिजाबाबु अहिले हुनुहुन्न । त्यसैले परवर्तन नचाहनेहरुमा के भैरहेको छ भने प्रचण्डलाई जे कुरामा पनि आलोचना गरेपछिमात्रै यो परिवर्तनको प्रवाह रोक्न सकिन्छ र मुलुकलाई प्रतिगमनतर्फ लान सकिन्छ । अहिले उनीहरुको यही रणनीतिले काम गरिरहेको छ । हामी राजनीति गर्नेहरुले यसका पछाडि रहेको चरित्रलाई बुझ्नुपर्ने हुन्छ । मुखले के बोल्यो भन्नेमात्रै सोचेर हुन्न, यो भनाइले त्यसका पछाडि कुन वर्ग र तप्काको सेवा गर्न खोजिरहेको छ भन्ने हेर्नुपर्छ ।

रुक्माङ्गद किन ठीक, लोकमान किन बेठिक ?

केही मानिसहरुले आफूभित्रको पाप पखाल्नलाई मात्रै लोकमानको विरोध गरेका हुन् । एकखाले इमान्दार मान्छेले विभिन्न चलखेललाई नबुझेर पनि विरोध गरिरहेका छन् । हिजोको राजाबादीलाई किन बनाएको होला भनेर विरोध गर्नेहरु पनि छन्, तिनीहरुलाई मेरो केही भन्नु छैन । वहाँहरुलाई लोकमान भन्दा सयौं गुणा अपराधीहरु यहाँ बडो मजाले सम्मानित भएर बसेका सयौं छन् भन्ने बुझ्न अनुरोध गर्छु । लोकमानलाई मात्रै बलीको बोको बनाएर यहाँ केही हुनेवाला छैन ।लोकमान आफैंले कसैलाई मारेको पनि होइन । हिजोको अख्तियारले आरोप भनेर केही गरेको पनि छैन । मैले अख्तियारलाई पनि बुझेको छु । हो, हिजो राजाले उनलाई नियक्ति गरे । त्यो हिजोको कुरा भयो । हिजो हामी लडाइँमा थियौं, आज हामी मिलेका छौं । हिजो हामी राजतन्त्रमा थियौं, अहिले हामी गणतन्त्रमा छौं । सबैले गणतन्त्र स्वीकारेका छौं । हिजो बन्दूक लिएर लड्नेहरु अहिले हामी अँगालो हालेर हिँडिरहेका छौं । हिजोको माओवादी सेना र हिजोको शाही सेना नयाँ ढंगले समायोजित भएको छ ।

मलाई आश्चार्य के लाग्छ भने मैले रुक्माङ्गद कट्वाल, जसलाई लोकमानलाई जस्तै रायमाझी आयोगका र अरु पनि थुप्रै आरोपहरु थिए, उनलाई कारवाही गर्नुपर्छ भन्दा जुन मानिसहरु उनलाई कारवाही गर्नु हुँदैन भन्दै बचाऊमा लागे तिनै मानिसहरु अहिले लोकमानमा नै सहमति हुँदा अर्को ढंगले हल्ला खल्ला गरिरहेका छन् । मलाई यसमा बडो अनौठो लागिरहेको छ । रुक्माङ्गद किन ठीक र लोकमान किन बेठिक भनेर उनीहरुले जवाफ दिन सकेका पनि छैनन् र सक्दैनन् पनि । किनकि त्यहाँ बेइमानी छ । इमान्दारिता हुन्थ्यो भने जवाफ दिन सम्भव थियो । cp. onlinekhabar

कमेन्टहरु
Loading...