लेकसाइडमा खुल्यो प्याराडिसो स्पोर्टस् बार, दुई करोडको लगानी

सागर राज तिमिल्सिना
पोखरा, ३० भदौ /पर्यटकिय सहर पोखराको लेकसाइडमा प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिल सञ्चालनमा आएको छ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेलाई लक्ष्त गरि बार सञ्चालनमा ल्याएको सञ्चालक गोपिबहादुर भट्टराईले जानकारी दिए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा खेलकुदको शहर पोखरामा नेपाली तथा विदेशी खेलप्रेमी ग्राहकहरुको चाहना पुरा गराउन स्पोर्ट् बार एण्ड ग्रिल सञ्चालनमा ल्याएको भट्टराईले बताए । पोखराकै पहिलो स्पोर्ट बार भएकाले अन्य बारमा भन्दा विषेश विषेता रहेको उनलको दावि छ ।

लेकसाइडमा खुल्यो प्याराडिसो स्पोर्टस् बार, दुई करोडको लगानी
लेकसाइडमा खुल्यो प्याराडिसो स्पोर्टस् बार, दुई करोडको लगानी

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको बताए । उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए ।

लेकसाइडमा खुल्यो प्याराडिसो स्पोर्टस् बार, दुई करोडको लगानी
लेकसाइडमा खुल्यो प्याराडिसो स्पोर्टस् बार, दुई करोडको लगानी

फेवातालको मनोरम दृष्यसँगै रात्री तथा दिवाकालिन सेवा उपलब्ध गराउने बारका म्यानेजर हरि पौडेलले जानकारी दिए । उनले मनोरञ्जनका लागि हरेक दिन स्थानिय फरक÷फरक व्याण्डहरुको लाईभ प्रस्तुती रहने बताए । उनले ग्राहकहरुको विशेष मनोरञ्जनका लागि हरेक तीन÷तीन महिनामा नेपालको ख्याती प्राप्त व्याण्डका चर्चित कलाकारहरुको प्रस्तुती रहने बताए । बारमा अल्कोहल मात्रै नभई नन् अल्कोहलिक डिङ्कहरुको विषेश व्यवस्था रहेको पौडेलले बताए ।

उनले ग्राहकको माग अनुसार नेपाली र विभिन्न देशका फरक÷फरक खानाका परिकारहरु सय मै प्रदान गर्ने बताए । उनले ग्राहकहरुले लेटनाइट सम्म बारभित्र खाना तथा पेयपदार्थको मज्जा लिन पाउनले व्यवस्था मिलाएको जानकारी दिए । सञ्चालक भट्टराईले करिब २ करोडका लागतमा बार सञ्चालनमा आएको बताउदै बारमा एकै पटकमा ३ सय जना सम्मले मनोरन्जन लिन सक्ने दावी गरे । खेल हेर्नका लागि एउटा ठुलो पर्दा र दुई वटा एलसिडि टिभि रहेको उनले बताए ।

उनले सामाजिक उत्तरदायित्व अन्तरगत कास्कीको भकुण्डेस्थित परापूर्व कालदेखि जीर्ण अवस्थामा रहेको सिद्धबाबा मन्दिर संरक्षणका १ लाख रुपैयाँ प्रदान गरेको बताए । उनले आगामी वर्षहरुमा पनि समाजिक उत्तरदायित्व अन्तरगत अन्य क्षेत्रमा सहयोग गर्ने बताए ।

कमेन्टहरु
Loading...