प्रचण्डकी बुहारीको कारवाही फुकुवा हुने

२४ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालसँग विवाह गरेपछि कारावाहीमा परेकी विद्यार्थी नेतृ वीना मगरको कारवाही फुकुवा हुनेभएको छ । वीनासँग बिवाह गरेपछि एमाओवादीले प्रकाशलाई र अखिल क्रान्तिकारीले विनालाई कारवाही गरेको थियो ।prakash-bina

हाल काठमाडौंमै रहेका प्रकाशको कारवाही एमाओवादी पदाधिकारी बैठकले फुकुवा गरिसकेको छ । अब अखिल क्रान्तिकारीले पनि वीनाको कारवाही फुकुवा गर्ने एक नेताले बताए । ‘प्रकाशमाथिको कारवाही फुकुवा भएपछि वीनामाथि चाहीँ कारवाही कायमै राख्ने कुरा भएन ।’ क्रान्तिकारीका एक पदाधिकारीले अनलाइनखबरसँग भने-’अब बस्ने बैठकबाट कारवाही फुकुवा हुन्छ ।’

कारवाहीअघि वीना क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य तथा क्रान्तिकारी नेवाः राज्य समितिको सहइन्चार्ज हुनुहुन्थ्यो । अब फेरि विद्यार्थी राजनीतिमा आउने नआउनेबारे भने वीनाले केही बताउनुभएको छैन । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...