नीर शाहलार्इ ‘अभिनय शिरोमणि’ को उपाधि

nir_shahपोखरा १७ माघ । अभिनेता निर शाहलाई ‘अभिनय शिरोमणि’ बाट विभुषित गरिएको छ । नेपाल चलचित्र प्राविधिक संघले शुक्रबार मलेसियामा गरेको छैटौ नेफ्टा अवार्ड ०१३ मा शाहलाई सो सम्मान प्रदान गरिएको हो ।

शून्य अवस्थामा रहेको नेपाली चलचित्रलाई शाहले निरन्तर योगदान दिएर संसारभर चिनिने अवस्थामा पुर्‍याएको बताउदै अभिनेता राजेश हमाल र जावेद शाहले ताम्रपत्र प्रदान गरेर सम्मानित गरेका हुन् ।

अभिनय, फिल्म निर्देशन, निर्माण तथा चलचित्रका हरेकक्षेत्रमा सफल हुनुभएका शाहलार्इ हेयको दृष्टिले हेरिने नेपाली फिल्मीक्षेत्रलार्इ लगाएको गुण भुल्न नसकिने भन्दै चलचित्र प्राविधिक संघले सम्मानित गरेको हो ।

‘नेपाली चलचित्रलार्इ विश्वसामू पुर्याउन योगदान गरेको तथा चलचित्र कलेजसमेत सुरू गरेको कुरालार्इ उच्च मूल्यांकन गर्दै निरविक्रम शाहलार्इ अभिनय शिरोमणि सम्मान दिइएको हो ।’ सम्मानपत्रमा भनिएको छ । सम्मान ग्रहण गर्दै शाहले नेपाली चलचित्र क्षेत्रमा लागेर आफूले दिएको योगदानको मूल्यांक गरिदिएकोमा आयोजकलाई धन्याबाद दिए ।

शाहले आफूलाई प्रदान गरिएको सम्मान चलचित्र निर्देशक हिरासिंह खत्री र पत्रकार नेपालभुषण न्यौपानेप्रति समर्पण गरे । ‘यो अवार्ड गरिरहादा म मेरा गुरुहरु र मेरी आमा भोटकुमारी शाह र पत्नी उषा शाहलाई सम्झना चहान्छु’, शाहले भने, ‘उहााहरुको साथ नभएको भए म आज यो अवस्था हुने थिइान ।’

सम्मान गरेपछि बोल्दै अभिनेता राजेश हमालले निर शाहले नेपाली चलचित्रमा पुर्‍याएको योगदान अतुलनीय भएको बताउादै उहााहरुले दिएको योगदानको केहीसाग पनि तुलना हुन नसक्ने बताए ।
यो पनि पढ्नोस

 

 

कमेन्टहरु
Loading...