नवआदर्श सामुदायिक विकास समाजद्वारा व्याडमिण्टन

पोखरा, २९ चैत/नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा बुधबारदेखि व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा लामाचौर क्षेत्रका ४० वर्षमाथिका र खुला गरी २ इभेण्ट्समा प्रतियोगिता सञ्चालन भएको समाजका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले जनाए । तीन दिनसम्म प्रतियोगितामा ४० वर्षमाथिको उमेर समूहमा ९ समूह र खुलातर्फ  ११ समूहको सहभागिता छ । बुधबार भएको प्रतियोगितामा ४० वर्षमाथिको खेलमा तेजमान सिह भण्डारी र कृष्ण श्रेष्ठको जोडीलाई तेज गुरुङ र महेश तिमिल्सिनाको जोडीले पराजित गरेको छ । अर्को खेलमा कृष्ण थापा र गणेश कुँवरको जोडीले नीलबहादुर थापा र दुर्गालाल श्रेष्ठको जोडीलाई हरायो । त्यसैगरी, वीरबहादुर थापा र फौदसिह भण्डारीको जोडीले पदमसिह गुरुङ र राजेन्द्र थापाको जोडीलाई पराजित ग¥यो ।

खुलातर्फ कृष्ण थापा र राजु पुनको जोडीलाई मदन बस्नेत र टंक पौडेलको जोडीले पराजित ग¥यो भने विशाल बस्नेत र कृष्ण कार्कीको जोडीले शंकर थापा र कुशल गुरुङको जोडीलाई पराजित गरेको छ । प्रतियोगिताको औपचारिक सुरुवात संस्थाका खेलकुद संयोजक सुशीलकुमार श्रेष्ठले गरेका थिए । प्रतियोगितामा दुबै इभेण्ट्सतर्फ प्रथम हुनेले सात हजार, दोस्रोले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी खेलाडीहरुलाई आयोजक संस्थाले संस्थाको लोगोअंकित टि–सर्ट प्रदान गरेको छ  । खेल लामाचौरस्थित गण्डकी आवासीय उच्च माविको हलमा सञ्चालित छ । प्रतियोगिताको समापन चैत ३० गते हुनेछ ।

कमेन्टहरु
Loading...