रत्यौली प्रतियागिताको तयारी तीव्र

पोखरा चैत १८/पोखराको बाटुलेचौरमा आयोजना गरिने रत्यौली प्रतियोगिताको तयारी तीव्र पारिएको छ । स्थानीय हिमालय क्लवले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत चैत २४ गते आयोजना गर्ने प्रतियोगिताको तयारी तीव्र पारिएको उपसमितिका संयोजक ताराप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

प्र्र्र्र्रतियोगिताका लागि आर्थिक सहयोग संकलन तथा प्रचार प्रसारलाई पनि तीव्र पारिएको छ । प्रतियोगिताको लागि समन्वय तथा मञ्च व्यवस्थापन र निमन्त्रणाको कार्यलाई अन्तिम चरणमा पुगेको क्लवमा सचिव मोहनबहादुर थापाले बताए । प्रतियोगितालाई व्यवस्थित र संस्कृति प्रधान बनाउन क्लव तथा उपसमितिले ८० प्रतिशत काम गरिसकेको जनाएको छ ।

विवाहमा खेलिने रत्यौलीलाइ संरक्षण गर्ने उद्देश्यले चार बर्षदेखि आयोजना हुँदै आएको उक्त कार्याक्रम सम्पन्न गर्न करिव १ लाख खर्च लाग्ने समितिका सदस्य बैकुण्ड पौडेलले जानकारी दिए । प्रतियोगितामा प्रथमलाई १० हजार, द्धितीयलाई ७ हजार, तृतीय हुनेलाई ४ हजार र सहभागि टोलिलाई १÷१ हजार प्रदान गरिनेछ ।सोही कार्यक्रममा त्यस क्षेत्रका जेष्ठ नागरिकलाई समेत सम्मान गर्नेछ ।

 

कमेन्टहरु
Loading...