बैशाखमा स्ववियु निवार्चन रजिष्टार पौडेल

पोखरा, २० फागुन/त्रिभुवन विश्वविद्यालयका रजिष्टार डाक्टर चन्द्रमणी पौडेलले स्ववियु निवार्चन आगामी बैशाखमा हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कास्की आज पोखरामा गरेको पत्रकार सम्मेलनमा पौडेलले केहिदिन मै कार्यकारी परिषदको बैठकले बैशाखमा निवार्चन गर्ने निर्णय गर्ने बताए । उनले चुनाव कुन प्रणलीमा जाने लगाएतक विषयमा सम्शोधन आवश्यक रहेको बताउदै बैठकले सम्शोधन गर्ने बताए ।उनले विद्यार्थीहरु संगठन विच चुनाव मिश्रित प्रणालीमा गर्ने सहमती भएको र त्यही सहमतीलाई बैठकबाट कानुनी मान्यता दिइने बताए । पौडेलले बैशाखमा हुने स्ववियु निवार्चनमा ३० वर्ष भन्दा माथिका विद्यार्थी चुनावमा उठ्न नपाउने बारेमा छलफल भैरहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयमा विभिन्न शैक्षिक सुधारका काम अगाडी बढि रहेको बताए ।

विद्यार्थीलाई छिटो सेवा दिन पोखरा, विराटनगर र नेपालगञ्जका क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालयबाटै ट्राष्कीप, मारर्गसीट, माइग्रेसन सम्बन्धी सेवा प्रदान गर्न लागेको बताउदै त्यसका लागि सफ्ट्योर निमार्ण कार्य भैरहेको बताए । उनले प्रश्नपत्र निमार्ण बाहेका सबै काम क्षेत्रिय कार्यालयले गर्न बताउदै एक वर्ष भित्रमा तीन वटै शाखालाई पुर्ण तया अधिकार दिइने बताए ।

रजिष्टार डाक्टर पौडेलले त्रिभुवन विश्वविद्यालय मेघा विश्वविद्यालय भएको बताउदै करिब ४ लाख विद्यार्थीहरु अध्ययनरत रहेको र आङ्गगीक क्याम्पसमा १ लाख ५० हजार विद्यार्थीहरु रहेको जानकारी दिए । उनले विएसिलाई यस वर्षबाट ४ वर्षे बनाएको बताउदै अन्य संकायलाई पनि क्रमश ४ वर्षे बनाउने बताए । त्यसै गरि डिग्रिलाई सेमिस्टर वाइज बनाएको बताए । उनले खुल्ला विश्वविद्यालयका लागि पनि पहल भैरहेको बताउदै खुल्ला विश्वविद्यालय बनाए पछि ७० प्रतिशत हाजिरीको पनि अनिवार्य कार्यान्यन गर्ने बताए ।

कमेन्टहरु
Loading...