संघीय समाजवादी पार्टी वडा नं. १२ को अध्यक्षमा रुद्रबहादुरतमु

पोखरा, १५ फागुन/ वर्गीय मुक्तिका लागि समाजवाद, जातिय मुक्तिका लागि संघीयता नाराका साथ उत्पिडित जनताको मुक्तिका लागि बैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्घोषका साथ गठित संघीय समाजवादी पार्टीको पोखरा उपमहानरपालिका वडा नं १२ को वडा तदर्थ समिति गठन भएको छ । संघीय समाजवादी पार्टीको जनता विच पार्टी अभियान अन्र्तगत सोमवार पोखरा १२ माटेपानीस्थित हिमाली गुरुङ परिवारमा सम्पन्न बृहत वडा भेलाले रुद्रबहादुर तमुको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा दिलबहादुर श्रीस मगर, सचिवमा दिपेन्द्र तमु, सहसचिवमा कृष्णबहादुर परियार र सदस्यहरुमा नविन तामाङ, सुवेदार शेरकाजी तमु, खिमबहादुर तमु, सुवेदार रुद्रबहादुर तमु, शान्ति घले, हेमकुमारी तमु, सुवेदार रामप्रसाद तमु, देउकुमारी तमु, पुर्णसुब्बा तमु, सुवेदार चुकबहादुर तमु, कृष्णबहादुर विश्वकर्मा लगायत चयन हुनुभएको छ । यसैगरी समितिको सल्लाहकारहरुमा चिफ इन्स्पेक्टर हरिध्वज तमु, सुवेदार मेजर नारायणसिंह तमु, अनरेरी लेप्टेनेण्ट दलबहादुर तमु र सुवेदार मेजर श्रीप्रसाद तमुलाई चयन गरेको छ ।

कमेन्टहरु
Loading...