विपद् व्यवस्थापनमा यूनिकरण गर्न समिति गठन

पोखरा, ७ माघ/समुदायमा विपद् व्यवस्थापनको न्यूनिकरणमा सहयोग पु¥याउन पोखरा वडा नम्बर १२ मा विपद् व्यवस्थापन सहभागितामुलक संकटाभिमुख विश्लेषण तथा उपसमिति गठन कार्यक्रम आइतबार सम्पन्न भएको छ । कम्यूनिटी सपोर्ट गु्रप, सिद्धार्थ क्लव र ढिकालेथर विपद् व्यवस्थापन समितिको आयोजना, एक्सन एड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा संचालित विपद् उत्थानशिल समुदाय निर्माण परियोजना अन्र्तगत पूर्व सुचना प्रणाली समिति, प्राथमिक उपचार समिति, खोज तथा उद्धार समिति, बसोबास व्यवस्थापन समिति, खाना पानी तथा सरसफाइ समिति  गठन गरिएको हो ।

ढिकालेथर विपद् व्यवस्थापन समिसितका अध्यक्ष ईन्दिरा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कम्यूनिटी सर्पोट गु्रपका सुमदाय परिचालक सृजना पौडेल, रिफ्लेक्ट सहजकर्ता विजय थापा मगर, शान्ति साहीले सहजिकरण गर्नु भएको थियो ।

पोखरा १२ का तीन वटा माछापुच्छे«टोल, जयटोल र ढिकालेथरलाई समेटेर संचालन गरिएको कार्यक्रममा तीन वटै क्षेत्रको संकटाभिमुख क्षेत्र, खुल्ला नहर र नहर वरिपरिको बस्तीका बारेमा विश्लेषण गरिएको थियो ।कार्यक्रममा टोलका ४५ जनाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...