राष्ट्रपतिपुत्रले हुलहुज्जत गरेको भन्दै कारवाहीको माग

२५ माघ काठमाडौं । नेपाली कांग्रेस धनुषाका नेता, कार्यकर्ताले राष्ट्रिपतिका छोरा चन्द्रमोहन यादवमाथि कारवाहीको माग गरेका छन् । क्षेत्र नम्बर ५ का सभापति योगेन्द्र पजियारसहितको टोलीले बिहीबार कांग्रेस सभापति सुशील कोइरालालाई भेटी राष्ट्रपतिपुत्रले पार्टीको विधान र निर्णय विपरीतका गतिविधि गरेको आरोप लगाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य लीला कोइरालाको निवासमा भएको भेटमा उनीहरुले पार्टीले तत्काल आफूहरुको माग सुनुवाइ नगरे स्थानीय स्तरमा नै कारवाही गर्ने चेतावनी दिएका छन् । राष्ट्रिपतिका छोरा चन्द्रमोहनले बुधबार जनकपुरमा भएको विपक्षी दलहरुको सभामा हुलहुज्जतको प्रयास गरेको उनीहरुको आरोप छ । उनले आफूखुसी पार्टी निर्णयविपरीत साइकल यात्रा एवं वृक्षारोपणलगायतका गतिविधि गरेको उनीहरुको आरोप छ ।

राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन संविधासभाको उपनिर्वाचनमा धनुषा क्षेत्र नम्बर ५ मा उठे पनि पराजीत हुनुभएको थियो । वीर अस्पतालको रेडियोजिष्टबाट राजीनामा दिएर उहाँ कांगेसको सभासद् बन्ने होडमा लाग्नुभएको थियो । cp. onlinekhabar

कमेन्टहरु
Loading...