याङ्जाकोटमा बस पुग्यो

पोखरा, २८ मङ्सिर/हिउँद लागेपछि कास्कीको थुमाकोडाँडास्थित याङ्जाकोटमा सवारीसाधन पुग्न थालेका छन् । कसेरी–भैंसे–याङ्जाकोट ग्रामीण सडकअन्तर्गत स्थानीय भैंसेमा अस्थायी पुल हालेपछि बिहीबारदेखि सवारी साधन याङ्जाकोटसम्म नै पुग्न थालेका हुन् । वर्षाका समयमा मादीको पुल बढेर आएपछि भैंसेपारि सवारीका साधन जान सकेका थिएनन् ।

भैंसेपारिसम्म यातायात सञ्चालन हुन थालेपछि स्थानीय तारकाङ, याङ्जाकोटलगायतका वासिन्दा खुसी भएका छन्। बस पुगेपछि स्थानीयले फूलमालासहित चालक तथा गाडीलाई स्वागत गरेको चालक देवी कुइँकेलले बताए। सो सडकमा पुस १ गतेबाट रुट अन्तर्गत नै नियमितरूपमा बस चल्ने बाटो निर्माण समितिका अध्यक्ष देवीजड्ड गुरुङले बताए ।

उनका अनुसार पोखराको काहूँखोला र याङ्जाकोटबाट दैनिक दुई÷दुई पटक गाडी छुट्ने व्यवस्था मिलाइनेछ। याङ्जाकोटसम्म नै गाडी पुग्ने भएपछि पुस ६ गतेदेखि १२ गतेसम्म स्थानीय ध्रुव उच्च माविमा गर्न लागिएको सौरपुराण पितृउद्धार ज्ञानयज्ञ सञ्चालनका लागि सजिलो हुने विश्वास लिइएको प्रचारप्रसार संयोजक चन्द्रप्रसाद सापकोटाले बताए ।

कमेन्टहरु
Loading...