लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्बाट पास

काठमाडौं, ५ जेठ/ सोमबारको मन्त्रिपरिषद्का बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ ।

मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको अर्थ, सुचना था सञ्चार मन्त्री डा युवराज खतिवडाले जानकारी दिए । उनले अत्यवधिक गरेको नक्सामा उत्तर र सात प्रदेश र स्थानीय तह नक्सामा उल्लेख गरेको छ ।

भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

तर सरकारले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव र्गयो । नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ ।

कमेन्टहरु
Loading...