नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो

काठमाडौं, ४ भदौ / नेपाली सेनामा अधिकृत क्याडेट अर्थात सेकेन्ड लेफ्टिनेन्टको दरखास्त माग गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २ सय ५० जनाको माग गरेको हो ।

विभागको माग अनुसार १ सय ३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ ।

त्यसै गरि ३६ जना आदिवासी जनजाती, २२ जना महिला, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो ।

भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ । दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने भन्दै गोर्खापत्रमा सुचना प्रकासन गरेको छ ।

 

कमेन्टहरु
Loading...