बजारमा नक्कली नोट छन्, होस्गर्नु होस् – प्रहरी

पोखरा, ५ कात्तिक / प्रहरीले नक्कली रुपैयाँ बनाउने सामाग्री सहित शनिबार ३ लाख ७० हजार रूपैयाँ बरामद ग¥यो । बरामद नक्कली रूपैया र नक्कली रूपैया बनाउन प्रयोग हुने आवश्यक सामाग्री प्रहरीले आईतबार सार्वजानिक गरेको छ ।

काठमाडौं प्रहरी प्रहरी प्रमुख एसएसपी बसन्त लामाले सो गिरोहले ५ लाख नक्कली रूपैया छापेको बताए । उनीहरूले छापेका रकममध्ये त्यसमा केही रकम हामीले बरामद गरेका छौं, उनीहरूले दिएको बयान अनुसार १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम भेटिएको छैन, त्यो पनि खोज्दैछौ’, उनले भने ।

उनले बजारमा अझै पनि नक्कली नोट भएको भन्दै नागरिकलाई ध्यान दिन आग्रह गरे । पोखरामा पनि केही समय देखी ५ सय र १ हजार रुपैया दरका नोटहरु नक्कली भटिएका छन् ।

कमेन्टहरु
Loading...