मोटरसाइकलको ठक्करले वृद्धको मृत्यु

तनहुँ, १३ जेठ /तनहुँको थर्पुमा बुधबार सडक दुर्घटनामा परि एक बृद्धको मृत्यु भएको छ । सोही स्थान बस्ने बर्ष ७४ को स्थानिय मिम नारायण मल्लको दुलेगौंडाबाट दमौली तर्फ जाँदै गरेको नम्बर नखुलेको अनटेस्ट मोटरसाइकलको ठक्करबाट निधन भएको हो ।

तनहुँ फिरफिरेका २३ बर्षका हरिबहादुर शाहीले हाँकेको मोटरसाइकलले सडक छेउमा उभिरहेको अवस्थामा मल्ललाई ठक्कर दिई घाइते बनाएका थिए । घाइते मल्लको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । स्थानिय प्रत्यक्षदर्शीका अनुसार अनियन्त्रित रुपमा तिव्र गतिमा आएको मोटरसाइकलले सडक छेउमा उभिइरहेको मल्ललाई ठक्कर दिएको हो ।

चालक र मोटरसाइकल जिल्ला प्रहरी कार्यलय तनहुँको नियन्त्रणमा छ । मृतकको बुधबार नै तनहुँको दमौली स्थित सेतीमादी नदीको दोभानमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको छ । मृतक मल्लको श्रीमती, ४ छोरा २ छोरी छन् ।

कमेन्टहरु
Loading...