मोर्चा आए दुई चरणमा निर्वाचन

काठमाडौं, २४ चैत/प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा निर्वाचनमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलभित्रै मोर्चाको मागबारे साझा धारणा बनाउन बुधबार बालुवाटारमा कांग्रेसका दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए। छलफलमा सहभागी कांग्रेस नेताद्वय कृष्णप्रसाद सिटौला र रमेश लेखकले मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि दुई चरणको विकल्पमा केन्द्रीत रहेर विकल्प खोज्न जोड दिए।

पहिलो सरकारले अहिले प्रस्तुत गरेकै विधेयकलाई मतदानमा लैजाने। दोस्रो सरकार र मोर्चाबीच गठित अनौपचारिक कार्यदलले तयार पारेको संविधान संशोधनको पाँच विषयलाई अघि बढाउने छ।

कमेन्टहरु
Loading...