मेरो नेपाल सेभेन ए साइड फुटबल जारी

बैशाख , ६ पोखरा/ मेरो नेपाल युवा क्लव पोखरा–१४ को आयोजना मझेरीपाटनमा जारी तेस्रो सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत विहिवार ९ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा संगम होम र युनाइटेट क्लवबीच एक एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा संगमले युनाइटेडलाई २–१ ले पराजित ग¥यो । दोस्रो खेलमा एलजी एसोसियसनलाई पिटीसी महेन्द्रपुलले वाकओभर दिएपछि एलजी विजेता भयो ।

तेस्रो खेलमा रामबजार एफसीले वाकओभर दिएपछि संगम एफसी विजेता भयो । अर्को खेलमा जनएकता युवा क्लव चाउथेलाई दिव्य ज्योति क्लवले प्रहार गरेको १ गोल नै निर्णायक गोल बन्न पुग्यो । पाँचौ खेलमा नवप्रतिभा फोरम –१८ लाई गलेश्वर एफसीले ४–१ गोलले पराजित ग¥यो । यसै गरि अर्को खेलमा आयोजक मेरो नेपाल युवा क्लव ‘ए’ ले एफओ पावर हाउसलाई शुन्यका विरुद्ध ३ गोलले पाखा लगायो । कमल पोखरी क्लवले भ्याली स्पोर्टस क्लवलाई २–० गोलले हरायो ।

यसैगरि गनर्स एफसी र एनवाइसि ‘बी’ बीचकोे खेलमा ५–० गोल अन्तरले एनवाइसि विजयी भयो । सो खेलमा जर्सि नं. ६ का शुशिल लामा खेल अवधिभर ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । अन्तिम खेलमा एलजी एकता क्लवले आयोजक मेरो नेपाल क्लव ‘बी’ लाई ५–२ गोल अन्तरले स्तब्ध पा¥यो ।
खेल सञ्चालनका लागि सहयोगार्थ स्थानीयवासीहरुले खेल मैदानमा पुगि आयोजकलाई सहयोग रकम हस्तान्तरण गरेको अर्थ संयोजक राजुकुमार थापाले जानकारी दिए ।

प्रतियोगिताको विजातालाई ७५ हजार ५ सय ५५, उपविजेतालाई ४० हजार ४ सय ४४ रुपैयाँ नगद साथमा ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार दिइने प्रतियोगिता संयोजक दिवस कुँवरले जानकारी दिए । यसैगरी अनुशासित टिम, उत्कृष्ट पोशाक, हाइस्कोरर, वेष्ट फेयर प्लेयर र उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्थासमेत गरिएको अध्यक्ष हरि जि.सी.ले बताए । प्रतियोगिता अन्तर्गत शुक्रवार १० वटा खेलहरु हुने प्रचार प्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिए । प्रतियोगिता शनिवार सम्म चल्नेछ ।

कमेन्टहरु
Loading...