मंगल ग्रहको उपग्रहमा बस्न सक्ने बासस्थान बनाए नेपालीले

काठमाडौ, ८ असार /नेपाली विद्यार्थीहरुले निमार्ण गरेको मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा विजेता तीनमा छनोट भएको छ ।

अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स ९एआईएए०ले आयोजना गरेको प्रतिष्पर्धामा चार नेपाली विद्यार्थी ९थापाथली इन्जिनियरिङ क्याक्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी को संयुक्त समूह छनोट भएको हो । आजको अन्नपुर्णपोष्टमा खबर छ ।

समूहमा थापाथली इन्जिनियरिङ क्याम्पसकाम राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर सम्मिलित छन् । प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा नमुना सिलिन्डर आकारका नमूनाको डिजाइन तयार गरेको छ । समूहका सदस्य राजन भण्डारीले प्रत्येक सिलिन्डर १३ दशमलव ७ मिटर लम्बाई र ६ दशमलव ७ मिटर फराकिलो हुने बताए ।

एउटा सिलिन्डर बसोवासका लागि प्रयोग हुनेछ जसमा ६ जना बस्न सक्नेछन् । त्यसमा शौचालय, स्नानगृह, भान्साघरका साथै आराम तथा शारीरिक अभ्यासका लागि समेत स्थान छुट्ट्याइएको छ । दोस्रो सिलिन्डरमा मेडिकल र एस्ट्रोबोयोलोजी ल्याब हुनेछ । तेस्रो र चौथो सिलिन्डरमा अन्न उत्पादन गर्न सकिनेछ जहाँ धान, भटमास र सागको खेती हुनेछ । पाँचौं सिलिन्डरमा अभ्यास कक्ष हुनेछ भने छैटौं सिलिन्डरलाई स्टोरका रूपमा प्रयोग गर्न सकिन्छ ।

कमेन्टहरु
Loading...