घुँडा धसेर र तपस्या गरेर भएपनि सहमति गर्छाै खनाल टंकादेवि स्मृति पत्रकारीता पुरस्कारबाट न्यौपाने सम्मानित

पोखरा,  ३ फाल्गुन/नेकपा एमालेका अध्यक्ष भलनाथ खनालले घुँडा धसेर र तपस्या गरेरै भएपनि जारी राजनितिक गतिरोधको अन्त्य गरेरै छाड्ने दृढता ब्यक्त गरेका छन् । पोखरामा विहीबार मेचि–महाकालि मिडिया सोसाईटीको तेस्रो अधिवेशनका टेलिफोनबाट उद्घाटन गर्दै उनले सहमतिमा पुगरै छाड्ने वताएका हुन् ।
कार्यक्रममा मुख्य अतिथिकारुपमा आमन्त्रण गरिएका खनाल राष्ट्रपति डा. रामवरण यादवले सवैदलका शिर्ष नेताहरुलाई भेटका लागि बोलाएपछि राष्ट्रपति निवासबाटै अधिवेशनको फोनबाटै सम्बोधन गरेर उद्घाटन गरेका हुन् ।

“हामी गम्भिर छलफलमा जुटेका छौ ।” पूर्व प्रधानमन्त्री समेत रहेका खनालले टेलिफोन मार्फत भने भने,–“ दलहरुबीच सबै विकल्प खुल्ला राखेर छलफल भइरहेको छ, आज घुँडा धसेर, त्याग, गरेर, तपस्या गरेर भएपनि सहमति निकाली छाड्छौं ।’

राजधानी बाहेक  ३९ जिल्लाका सय भन्दाबढी सञ्चारकर्मी सहभागी मेचिमहाकाली मिडिया सोसाइटीको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ  । सोही अवसरमा बर्षको स्व.टंकादेवि– तुलसी प्रसाद कोइराला स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार ईश्वरी न्यौपाने सम्मानित भएका छन् । न्यौपाने कान्तिपुर दैनिकमा लामो समय देखि काम गर्दै आएका छन् ।

मेची महाकाली मिडीया सोसाईटी नेपालले स्थापना गरेको पुरस्कारबाट न्यौपानेलाई विहीबार नगद २० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । उनलाई एमालेका वैकल्पिक पोलिट्ब्युरो सदस्य खगराज अधिकारी कास्की स्थित प्रमुख दलका नेताहरुले समुहिकरुपमा सम्मान गरेका थिए । कार्यक्रमा राजनैतिक दलका नेता, समाज सेवी, पत्रकारहरुले सफलताको शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...