लोकमानको मुद्दा मंगलबारलाई सर्‍यो

२५ चैत, काठमाडौं । शाहीकालका मूख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नबनाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने–नदिनेबारे सर्वोच्च अदालतमा आइतबार बहस हुन सकेन ।

lokmansing-karkiमुद्दा न्यायाधीश रामकुमारप्रसाद साह र गिरीशचन्द्र लालको संयुक्त इजलाश पेशी तोकिएकोमा साहले मुद्दा हेर्न नमिल्ने भएपछि मंगलबारका लागि सरेको छ । ‘मेरो पक्षबाट वकालतनामा गरेका प्रशन्नकृष्ण दास न्यायाधीश साहका साथी पूर्वन्यायाधीश कमलनारायण दासका छोरा भएकाले साहले मुद्दा हेर्न मिलेन ।’- रिट निवेदक ओमप्रकाश अर्यालले अनलाइनखबरसँग भन्नुभयो ।

प्राकृतिक न्यायाको सिद्धान्तअनुसार न्यायाधीशले आफ्ना नातेदार वा रिसइबी परेका व्यक्तिहरुको मुद्दा हेर्न मिल्दैन । आफूले हेर्न लागेको मुद्दा चिनजान वा रिसइबी भएको व्यक्तिको रहेछ भने न्यायाधीश आफैंले त्यस्तो विषयमा अदालतलाई जानकारी गराउनुपर्छ । लोकमानको मुद्दामा आफ्नै साथीका छोराले वकालतनामा गरेको थाहा पाएपछि न्यायाधीश लालले प्राकृतिक न्यायको सिद्धान्तअनुसार आफूले मुद्दा हेर्न नमिल्ने जानकारी अदालतलाई गराउनुभएको हो ।

कार्कीलाई अख्तियार प्रमुख नबनाउन माग गर्दै अधिवक्ता अर्यालले चैत ७ गते दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सुशीला कार्कीको इजलासले २५ गते नियुक्ति प्रक्रियालाई यथास्थितिमा राख्न आदेश दिएको थियो भने दुबै पक्षलाई आइतबार बहसका लागि बोलाइएको थियो । cp. onlinekhabar.com

 

कमेन्टहरु
Loading...