जेठ २० गते सम्म लकडाउन लम्ब्याउन सिफारिस, मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी

काठमाडौँ, ४ जेठ/ कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ ।

सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सरकारले सिफारिस गरेको हो ।

देशका विभिन्न स्थानमा कोरोना संक्रमण देखिइरहेको र संक्रमितको मृत्यु समेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेपछि लम्ब्याउन सिफारिस गरेको हो ।

केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले लकडाउनबारे निर्णय गर्नेछ । चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन शुरु भएको थियो ।

कमेन्टहरु
Loading...