लक्ष्मी नि.मा.वी को बार्षीकउत्सव

पौष २,पोखरा /कास्की जिल्लाको पुम्दीभुम्दी २ ठुलीबीडीमा रहेको लक्ष्मी नि.मा.वी.को ४८ औ बार्षीकउत्सव तथा पुरस्कार वितरण कार्यक्रम एक कार्यक्रमको बिच सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्रालयका सह सचिव खगराज बराले ल्क्षमी नि.मा.वी. नेपालकै नमुना विद्यालय रुपमा अघि बढेको बताउँदै आगामी दिनहरुमा पनि अभिभावक, शिक्षक र विद्यार्थी सबै मिलेर विद्यालयलाई थप उचाईमा पु¥याउनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्र.अ. लोकनाथ बरालले विद्यालयको शैक्षीक तथा आर्थीक प्रतीवेदन पेश गरेका थिए । सोही अवसरमा विद्यालयमा उल्लैखीय सहयोग गर्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खडानन्द बराल र प्र.अ. लोकनाथ बराललाई प्रमुख अतिथीले दोशल्ला ओडाएर र प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खडानन्द बराल को अध्यक्षतामा सम्पन्न उक्क्त कार्यक्रमको सञ्चालन शिक्षक हेमसागर बरालले गरेका थिए भने कमल बराल,खेमराज पौडेल,धनबहादुर कार्की,प्रकाश बराल,बालक्लब का सदस्य बन्दना पौडेल लगायतले आ–आफ्नो भनाई राख्दै विद्यालयको थप प्रगतीको लागी शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा उत्कृष्ट विद्यार्थी लाई पुरस्कृत गरीनुका साथै उत्कृष्ट शिक्षिकाको रुपमा अस्मिीता आचार्यलाई पुरस्कृत गरीएको थियो ।

कमेन्टहरु
Loading...