लाइसेन्स लिन १८ वर्ष पुग्नु पर्ने व्यवस्था

काठमाडौं, २७ माघ / सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने तयारी गरेको छ । कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना बढि भएको अध्ययनलाई ध्यानमा राखेर सरकारले १८ बर्षे हद तोक्न लागेको हो ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ ।

‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागले जनाएको छ । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने छ ।

विभागले लाइसेन्सको समय सीमा समेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका थिए ।

कमेन्टहरु
Loading...