गुर्जा हिमाल हिमआँधीमा परेका ८ जनाको शव काठमाडौमा

पोखरा, २८ असोज / म्याग्दीको धौलागिरी गाउँपालिका–१ मा पर्ने गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर मृत्यु भएका ८

जनाको शव काठमाडौ ल्याएको छ । आवश्यक औजार र सामग्री सहित हेलीकोप्टरबाट आधार शिविरमा पुगेका सिम्रिक एयरको

उद्धारकर्मी र स्थानीले आइतबार बिहान पहाडको खोँचबाट नौ जनाको शव निकालेर ८ जनाको शव काठमाडौ पु¥याएको हो भने एक

जना स्थानीएको शव उनका आफ्न्तलाई बुझाएको छन् ।

स्थानीय नेत्रबहादुर छन्त्यालको म्याग्दीमा पोष्टमार्टम पछि पनि गुर्जा हेलेकप्टरले छाडेको छ । बेपत्ताको खोजीमा गएका गुर्जाका

बासिन्दा  र सिम्रिक एयरका पाइलटले शनिबार खोँचमा शवहरु देखेपनि मौषमका कारण शनिबार नै शव ल्याउन कठिन भएको थियो ।

असोज २१ गते गुर्जा हिमालको आधार शिविरमा गएका उनीहरु असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिम आँधीमा

परेर मृत्यु भएको थियो । घटनामा परि दक्षिण कोरयाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो

जियोङको मृत्यु भएको हो ।

त्यसै गरी नेपालीमा संखुवासभा भोटखोला गाउँपालिकाका छिरिङ भोटे, देना आङजुक भोटे, फुर्बु भोटे र म्याग्दीको धौलागिरि

गाउँपालिकाका  नेत्रबहादुर छन्त्याल रहेका छन् । उनीहरु ट्रेकिङ क्याम्पस् नेपाल मार्फत गुर्जा हिमाल आरोहणमा र पदयात्राका

गएका थिए । हिड्न नसकेपछि आधार शिविर नै नपुगि फर्किका दक्षिण कोरियाका हङ जियोन चोस र गाइड लाक्पा शेर्पा सुरक्षित छन् ।

उनीहरु पर्यटन विभागबाट ६० दिनको अनुमति लिएर उनीहरु गुर्जा हिमालको पहिलो पटक आरोहण गर्न आधार शिविर पुगेका थिए ।

यो हिमाल आरोणका लागि पुर्वबाट पहिलो पटक चढ्नका लागि यो टोली पुगेको थियो । उत्तरबाट चढ्ने गरे पनि पुर्वबाट ठाडो भएका

कारण चढ्न कठिन हुनेकारण  अहिले सम्म पनि कोही नढेको स्थानीयले बताए ।

कमेन्टहरु
Loading...