सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाद्धारा राजीनामा

पोखरा, ८ फागुन / सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । गोकुल बास्कोटाको विवादास्पद अडियो प्रकरण बाहिर आए पछि उनले राजीनामा दिएका हुन् ।

बिहीबारको संसदमा नेपाली काग्रेसले बाँस्कोटाको राजीना र कार्वाहीको माग्दै संसद अवरोध गरे पछि सभामुख अग्निप्रसाद सापकोटाले बास्कोटाले राजीनामा दिएको बताएका छन् ।

‘मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिइ सकेका छन्,’ सभामुख सापकोटाले भने ‘मन्त्रीले राजीनामा दिइ सकेको अनौपचारीक जानकारी आइसकेको कुरा तपाईहरुलाई भन्छु, अब संसद चलाउ ।’

संसद बैठक सञ्चालन हुने वित्तिकै नेपाली काग्रेसले संसद अवरुद्ध गरेको थियो । त्यस पछि सभामुखले नेपाली कागे्रसकी सांसद पुष्पा भुसाल गौतमले मन्त्री बाँस्कोटाका राजीनामा र कार्वाहीको माग राखेकी थिइन् ।

हालै सार्वजनिक भएको अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानी बाहिरिएको छ ।

कमेन्टहरु
Loading...