घोडचढीको उपाधि कार्कीलाई

पोखरा, ११ चैत/ पोखरामा पहिलो पटक घोडचढी प्रतियोगिता आयोजना गरियो । पोखराको रंगशालास्थित फुटबल मैदानमा आयोजित प्रतियोगितामा नेपाली सेनाका रामहरि कार्की प्रथम भएका छन् । उनले नगद २० हजारसहित सगरमाथा ट्रफी पाउन सफल भए ।

केवल छ जनाले मात्रै सहभागिता जनाएको प्रतियोगितामा जगजित घिसिङ द्धितीय भएका हुन् । उनले नगद १० हजार तथा लुम्बिनी ट्रफी र राजेन्द्र बानियाँले तृतीयस्थान हासिल गर्दै नगद पाँच हजार सहित अन्नपुर्ण ट्रफी पाएका छन् ।

पर्वतीय खेलकुद महासंघको आयोजनामा गरिएको प्रतियोगितामा प्रतिस्पर्धीले निर्धारित दुरीलाई एक मिनेटमा पुरा गर्नुपर्ने प्रावधान थियो । एकमिनेटभित्रमा विभिन्न पाँचवटा छुट्टाछुट्टै अवरोधलाई नाघेर पर्ने थियो । विदेशमा नियमित रुपमा हुने भएपनि यो घोडचढी खेल पोखरामा पहिलो भएपनि काठमाडौंमा भने आयोजना गरिएको नेपाल पर्वतीय खेलकुद महासंघले जनाएको छ ।

कमेन्टहरु
Loading...