गौशालाको होटलमा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ

काठमाडौ, ३० फागुन /काठमाडौं गौशाला स्थित होटल पशुपति भिजनमा बुधबार राती गोली चलेको छ । गोली चलेको लगत्तै, घटनास्थल पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ ।

उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

गोली कसलाई लागेको हो भन्ने बारेमा भने प्रहरीले खुलाइएको छैन । प्रहरीले लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

कमेन्टहरु
Loading...