डुंगा दौडमा बाराही घाट समूह प्रथम

पोखरा, ३० चैत/पोखराको बसुन्धरा पार्कमा आयोजना भइरहेको दशौं फेवा नव वर्ष महोत्सव अन्तर्गत शुक्रवार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा फेवा डुंगा व्यवसायी संगठन वाराही घाट समूह प्रथम भएको छ । प्रतियोगितामा संगठनकै अम्मट समुह द्वितीय र आयोजक पश्चिमाञ्चल होटेल संघ पोखरा तृतीय भएका छन् । महिला समूहले सान्त्वना पुरस्कार पाएको छ ।

प्रतियोगितामा संगठनको दुई समूह, संघको तीन समूह, नाट्टा, होटेल प्रतिनिधि समाज र महिलाको समूह गरी आठ समूहले भाग लिएको खेलकूद उपसमितिका संयोजक धरमसिं लामिछानेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः आठ हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

महोत्सवको अवसरमा शुक्रवार नै वसुन्धरा पार्कमा भजन चुड्का प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, जोडी नृत्य प्रतियोगिता र हाँस्यव्यंग्यका कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए । यसैगरी शनिवार विहान आठ वजे हल्लनचोबाट आयोजना हुने पर्यटक दौड प्रतियोगितामा एक सय बढी पर्यटकले नाम लेखाइसकेको दौडका संयोजक ज्याक तामाङले जानकारी दिए

कमेन्टहरु
Loading...