भगवान कोइराला काममा फर्किए

११ चैत, काठमाडौं । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले आइतबारदेखि पुनःआफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ ।

bhagwan koiralaमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अस्पतालका लागि आवश्यक सबै व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएपछि उहाँ अपराहृन काममा र्फकनु भएको बताइएको छ । सरकारले अस्पतालका लागि माग गरिएको १२ करोड रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएएको छ ।

उहाँ अस्पताल पुग्दा कर्मचारी तथा चिकित्सकले स्वागत गरेका थिए । सबैतिरबाट काममा र्फकन र अस्पतालको नेतृत्व लिन आग्रह गरिएकाले सोही आग्रहलाई सम्मान गर्दै आफू पुनः अस्पतालको जिम्मेवारी सम्हाल्न आएको उहाँको भनाइ छ ।

कर्मचारीको स्वागतपछि कार्यकारी निर्देशक डा कोइरालाले सबै पक्षबाट साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो । आफू अस्पताललाई वास्तविक रुपमा जनताको अस्पताल बनाउन लागिपरेको र जनतालाई सेवासुविधा उपलब्ध गराउनका लागि सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

निवर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईले उहाँलाई काममा र्फकन आग्रह गर्दै अस्पतालका लागि आवश्यक पर्ने सबै खालको आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । गत फागुनमा काम गर्ने वातावरण नभएको भन्दै कार्यकारी निर्देशक पदबाट उहाँले राजीनामा दिनुभएको थियो । उहाँलाई काममा र्फकन आग्रह गर्दै अस्पतालमा कार्यरत विभिन्न कर्मचारी सङ्घ तथा सङ्गठनले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका थिए ।

कार्यकारी निर्देशक डा कोइरालाले अस्पतालको दैनिक खर्च सञ्चालनका लागि रु सात करोड र सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र स्थापनाका लागि रु पाँच करोड रकम माग गर्नाका साथ अस्पतालमा काम गर्ने वातावरण तयार पारिदिन समेत आग्रह गर्नुभएको थियो । cp. onlinekhabr

कमेन्टहरु
Loading...