मानसिक रोग चिकित्सकहरुको पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा हुने

पोखरा, चैत २९ गते / मानसिक रोग चिकित्सकहरुको पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । राष्ट्रिय सम्मेलन चैत ३० र ३१ गते पोखरामा संचालन हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । सम्मेलनमा बृद्धा अवस्थामा हुने मनोरोगका चुनौतीका बारेमा छलफल हुने भने ४० ओटा सोधपत्र प्रस्तुत हुने मनोरोग चिकित्सक संघका महासचिव डा. निर्मल शर्माले जानकारी दिनु भयो । सम्मेलनमा २ सय ३६ जना मनोविशेषज्ञ, चिकित्सक र मनोरोगको क्षेत्रमा काम गदै आएको संस्था सिएमसी नेपालका प्रतिनिधिहरु सहभागि हुने सम्मेलनका संयोजक तथा मनोरोग चिकित्सक लुमेश्वर आर्चायले जानकारी दिनु भयो । सम्मेलनमा भारत, बेलायत, अष्टेलीया लगातका देशका मनो चिकित्कहरुको पनि सभागिता रहने उहाँले जानकारी दिनु भयो । नेपालमा बृद्ध अवस्थामा हुने मनोरोग चुनौतीको रुपमा रहे पनि त्यसप्रति राज्यले चासो नदिएको डा आर्चायले बताउनु भयो । नेपालमा ७ प्रतिशत बृद्धहरुमा मानसिक रोग रहेको उहाँले जानकारीदिनु भयो । मानसिक रोग पहिला मानिस खुलेर नआउदा बाहिर नआएको तर अहिले मानसिक रोगका बारेमा चिकित्सकोमा आउने अवस्था सृजना भएको बताउनु भयो ।

मानसिक रोग पहिले पनि थियो तर अहिले बढि बाहिर आउन थालेको छ, त्यसैले बढेको देखिएको हो उहाँले भन्नुभयो । नेपालमा अहिले करिव नेपाली र विदेशी गरि एक सय जना मानसिक रोगका चिकित्सकहरु रहेको जानकारी दिदै चिकित्सक आचार्यले नेपालमा ३ सय मानसिक रोगका चिकित्सक आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले औल्याएको जानकारी दिनु भयो । विदेशी ४० जना मानसिक चिकित्सक नेपालमा रहेको र नेपालका २० जना विदेशमा रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कमेन्टहरु
Loading...