विष्टको शतकीय पारीले काठमाडौंको फराकिलो जित

पोखरा, २८ माघ/प्रकाश विष्टले एकसय २४ बल खेल्दै शतकीय पारी खेलेपछि क्षेत्र नं ३ काठमाडौंले क्षेत्र नं ५ नेपालगन्जलाई एकसय ५६ रनले पराजित गरेको छ । आफनो अन्तिम खेल खेलेको काठमाडौंले सान्त्वना जित हात पार्ने क्रममा वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आईतबार व्याट्सम्यानहरुले खुलेर व्याटिङ गरे । अघिल्ला दुई खेलमा निकै तनाव र दवावमा खेल्दै पराजित भएपनि अन्तिम खेलमा भने सानदार व्याटिङ गर्दै फराकिलो जित निकाले ।

टस जितेर व्याटिङमा उत्रिएको काठमाडौंले ४७ दशमलव ४ ओभर खेल्दै दुईसय ६६ रनको योगफल तयार पारेको थियो । उक्त योगफल प्रतियोगिताकै उच्च हो । प्रतियोगिताकै पहिलो शतक प्रहार गर्ने क्रममा विष्टले एकसय २४ बलमा १२ चौका र तीन छक्का हिर्काउँदै एकसय ९ रन बनाई पवेलियन फर्किएका थिए । उनी भुपेन्द्र रोका मगरको बलमा क्याचआउट हुन पुगे । काठमाडौंको इनिङमा सरद खड्काले ३०, पवन श्रेष्ठले २२ र आशिष धामीले २१ रनको महत्वपूर्ण योगदान दिए । बलरले ६१ रन अतिरिक्त दिए । जुन प्रतियोगिताकै सर्वाधिक हो । बलिङ तर्फ रोका मगरले तीन विकेट लिएका थिए ।

दुईसय ६७ रनको लक्ष्य पछ्याएको नेपालगन्ज एकसय १० रनमा समेटिएको थियो । २३ दशमलव ५ ओभर खेल्दै आफना सवै बिकेट गुमाएको नेपालगन्जले अब विराटनगर र बैतडीको खेलको नतिजाले सेमिफाईनल पुग्ने बारेमा टुंगो लाग्ने छ । नेपालगन्ज र विराटनगर समान ३÷३ अंक छ । बैतडी पराजित भएको अवस्थामा नेपालगन्जले सेमिफाईनलमा प्रवेश पाउने छ भने बैतडीले जिते नेटरनरेटको आधारमा सेमिफाईनल यात्रा सुनिश्चित हुने छ ।

असिम हल्वाईले नेपालगन्जको लागि सर्वाधिक १८ रन जोडे । त्यस्तै मध्यक्रमका व्याट्सम्यान इमरान अलाम खानले १७ अमरसिंह राउटेला १६ रन बनाई इनिङ सम्हाल्ने प्रयात्न गरेपनि असफल देखिए । प्रविन गिरीले १४ र प्रज्वल साहीले १३ रन बनाएर आउट भएका थिए । काठमाडौंका बलर उज्जवल थापाले ११ बलमा दुई रन दिई तीन विकेट लिएका थिए ।

कमेन्टहरु
Loading...