थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, थप दुई जनाको मृत्यु

काठमाडौं, १८ जेठ / नेपालमा आइतबार थप १६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । यो सगँ गण्डकी प्रदेशमा २४ पुगेको छ ।

मृत्यु हुनेको संख्या पनि थपिएको छ । थप दुई जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको उनले बताए ।

कमेन्टहरु
Loading...