नेपालमा थप ३ जनामा कोरोना संक्रमणको भेटिए, ४५ पुग्यो

पोखरा, १० वैशाख / नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजीत पत्रकार सम्मेलनमा २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको बताए ।

उनीहरु टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा थिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

उनीहरु मध्ये ७ जना निको भइसकेका छन् । मंगलबार सम्म ५ जना घर फर्किएकामा बुधबार थप २ जना घर फर्किएका हुन् ।

कमेन्टहरु
Loading...