कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

बुटवल, ८ जेठ / नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्य भएको छ । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा रुपन्देहीमा बुधबार मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालआईसीयूमा मुत्यु भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

जेठ २ गते उनको स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो ।

तेस्रो मृतक गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कुलको प्रधानाध्यापक हुन् । जेण्डस र ज्यरो आएपछि उनी अस्पताल आएका थिए ।

कमेन्टहरु
Loading...