निःशुल्क शिविरमा ५३ जना बालबालिकाको उपचार

पोखरा, १२ फागुन/पोखराको सिमलचौरमा रहेको बाल उपचार केन्द्रले सन्चालन गरेको एक दिने निःशुल्क शिविरमा ५३ जना बालबालिकाले उपचार गरेका छन् । बालबालीकाको उपचार सेवा प्रदान गर्दै आएको उपचार केन्द्रमा सन्चालन गरिएको एक दिने शिविरमा विभिन्न ठाउँबाट आएका ५३ जना बालबालीकाले उचार सेवा लिएको केन्द्रकी निदेशक सुष्मा सिग्देलले जानकारी दिइन् । पछिल्लो समयमा मौषम परिवर्तनका कारणले धेरै बालबालिकाहरु विरामी भएको भन्दै सबैलाई सेवा दिने उद्देश्यले शिविर सन्चालन गरेको बालरोग विशेषज्ञ डाक्टर यज्ञराज सिग्देल जानकारी दिए । शिविरमा सबै भन्दा बढि जरोबाट विरामी भएका बालबालिका आएको बताए । त्यस पछि राती विस्तारमा पिसाब फेर्ने लगाएतका विरामी आएको सिग्देले बताए ।

मौषमी रोगका कारण बालबालीकाहरुमा जरो, रुघा खोकी, निमोनीया, टाइफाइड र पिसाबको खराबी देखिने गरेको डाक्टर सिग्देलले बताए । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमामा समेत कार्यरत डाक्टर सिग्देलले बालबालीकालाई डाक्टर सगँ परिक्षण गराएर मात्रै औषधी प्रयोग गर्नु पर्ने बताए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...