बिजुलीको मुल्य घट्यो

काठमाडौं, ४ असार / विद्युत नियमन आयोगले आधासम्म सस्तो, उद्योग व्यवसायको व्यवसाय लागत घटाउने र उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्यसहित विद्युत् महसुल समायोजन गरिएको छ ।

विद्युत् नियमन आयोगले विभिन्न प्रकारका ग्राहकलाई इनर्जी र न्यूनतम शुल्क नलिने, दर घटाउने तथा ट्रङ्क तथा डेडिकेटेड लाइनको अतिरिक्त शुल्क खारेज, चार्जिङ स्टेसनका लागि नयाँ महसुल लगायतका व्यवस्था सहित नयाँ दर सार्वजनिक गरेको हो ।

असार १ गतेदेखि नै कार्यान्वयनमा आउनेगरी तय गरिएको नयाँ महसुल दर अनुसार एकदेखि दस युनिटसम्मको पाँच एम्पियरका इनर्जी शुल्क गार्हस्थ ग्राहकलाई इनर्जी शुल्क तिर्नु नपर्ने भएको छ ।

१० युनिटभन्दा माथि खपत गर्ने गार्हस्थ ग्राहकको विद्युतको प्रतियुनिट शुल्कमा न्यूनतम ५ देखि अधिकतम ११ प्रतिशतसम्म घटाइएको छ भने न्यूनतम शुल्कमा पनि ११ देखि ३३ प्रतिशतसम्म कम गरिएको छ ।

हालसम्म गार्हस्थ ग्राहकलाई सात वर्गमा राखेर महसुल निर्धारण हुँदै आएकामा अबदेखि नौ वर्ग कायम गरिएको छ । आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...