बुद्व फाउण्डेशन जापानद्वारा विद्यालयहरुलाई आर्थिक सहयोग

पोखरा, २४ पुस /हिमालयन बुद्व फाउण्डेशन कास्कीको सिफारिसमा बुद्व फाउण्डेशन जापानले कास्कीका विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ। फाउण्डेशनले पोखराको शहिद स्मृती विद्यालयलाई दुई लाख, कास्कीको पुम्दीभुम्दी गाविसस्थित भगवती प्रा.विलाई एक लाख ८८ हजार, माछापुच्छ गाविसस्थित अन्नपुर्ण प्राथमिक विद्यालयलाई ९४ हजार, ढिकुरपोखरी गाविसस्थित माछापुच्छ«े उच्च माविलाई ४७ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको हो।

ती विद्यालयको भौतिक तथा शैक्षिक स्तरोन्नतीका लागि आर्थिक सहयोग प्रदान गरिएको हिमालयन बुद्व फाउण्डेशन कास्कीका अध्यक्ष तेजकुमार गुरुङले जानकारी दिए। त्यसैगरी फाउण्डेशनले विपन्न तथा जेहेन्दार २५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री पनि प्रदान गरेको छ। ढिकुरपोखरी गाविसस्थित माछापुच्छ«े प्रा.वि, पाउदुर प्रा.वि र माछापुच्छ«े उच्च माविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान गरिएको थियो।

बुद्व फाउण्डेशन जापानका अध्यक्ष डा ताकाजी यामागुची कास्की आएको अवसरमा आर्थिक सहयोग सहित विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको हो। विद्यालयहरुमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा बुद्व फाउण्डेशन जापानका अध्यक्ष यामागुचीले विद्यालयलाई आर्थिक सहयोग प्रदान गर्नुको साथै सचिव योसिकाजु माचुमोतो, हिमालयन बुद्व फाउण्डेशन कास्कीका अध्यक्ष तेजकुमार गुरुङ, सदस्य प्रा.डा वीरेन्द्रसिंह गुरुङ लगायतले विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै बुद्व फाउण्डेशन जापानका अध्यक्ष डा ताकाजी यामागुचीले आफुले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोगगर्दै आएको बताए। हिमालयन बुद्व फाउण्डेशनका अध्यक्ष तेजकुमार गुरुङले ग्रामिण भेकका विद्यार्थीलाई घुम्ती पुस्तकालयमार्फत गुणस्तरीय सेवा दिन संस्था प्रतिवद्व रहेको बताए। बुद्व फाउण्डेशन जापानको सहयोगमा हिमालयन बुद्व फाउण्डेशन कास्कीले विगत एक
वर्षदेखि कास्कीका ग्रामिण भेकका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षितगर्दै बुद्व बाल घुम्ती पुस्तकालय संचालनगर्दै आइरहेको छ।

पुस्तकालयमा हालसम्म २० हजार पुस्तक संकलन भै सकेको छ। सो पुस्तकालयबाट ८६ वटा सामुदायिक विद्यालयका करिव आठ हजार विद्यार्थी लाभान्वित भै सकेको बताइएको छ। हिमालयन बुद्व फाउण्डेशन कास्कीले विगत १० वर्षदेखि कास्की जिल्लाका विकट
गाउँहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालनगर्दै आइरहेको छ। जसबाट १२ हजारभन्दा बढि नागरिक लाभान्वित भै सकेका छन्।

कमेन्टहरु
Loading...