प्याकेजमा सहमती नभए सम्म काँग्रेसलाई नेतृत्व हुदैन् –उप–प्रम–गच्छदार

पोखरा, २१ मंसिर/ उप–प्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले प्याकेजमा सहमती भएपछि मात्रै राष्ट्रिय सहमतीय सरकार बन्ने बताएका छन् । पोखरा उद्योग बाणिज्य संघको आयोजनामा बिहिबारदेखि पोखरामा शुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन पछि पत्रकार सगँ कुरा गर्दै उनले संविधानका अति विवादित विषय र चुनावका बारेमा प्याकेजमा सहमती भएपछि मात्रै सहमतीय सरकार बन्ने बताएका ।

उनले अव बन्ने प्रधानमन्त्री सहमतीबाटै बन्ने बताउदै बैशाखमा निवाचन हुने, सहमती नभएका र जेठ १४ अघि सहमतीमा सहमती भए पछि प्रधानमन्त्रीको बन्ने टुङगो लाग्ने बताए । फोरम लोकतान्त्रिका अध्यक्ष समेत रहेका गच्छदारले राज्यको नामाङ्गकरण, संख्या, संघीयता र बैशाखमा निवाचन गर्ने गरि सहमती भएपछि मात्रै काँग्रेस नेतृत्वमा सहमतीय सरकार बन्ने बनाए ।

उनले राष्ट्रपतिले सहमतीका लागि दोस्रो पटक दिएको समयसिमा विहिबार सकिने भएपनि दलहरु विच सहमती हुने अवस्था नभएको बताए । त्यसै गरि पोखरा उद्योग बाणिज्य संघले आयोजनामा विहिबार देखि सुरु औद्योगिक ब्यापार मेलाको उद्घाटन गदै उनले संविधान सभाको निवाचनको विकल्प नभएको बताउदै सवै दलहरु निवाचनमा जान सहत भएको बताए ।

उनले संविधान सभाको निवाचन हुनैपर्ने र संविधान सभाबाटै संविधान बनाउनुको विकल्प नभएको जिकीर गरे । लोकतन्त्र र गणतन्त्रलाई संस्थात गर्न चुनाव गरेर संविधान सभाबाटै संविधान बनाउनुपर्ने बताए । गृहमन्त्री समेत रहेका भएकाल गच्छदारले एक दुई ओटा घटनालाई हेरेर देशको सुरक्षास्थिति खस्कीएको भन्न नमिल्ने बताए । उनले देशका विभिन्न भागमा भएका फाटटफुटट घटना बाहेक अपाध नियन्ण भएको दावी गरे ।

कमेन्टहरु
Loading...