आदर्श युवा क्लवका शुभकामना आदान प्रदान

लेखनाथ÷असोज १९/आदर्श युवा क्लव लेखनाथ १ भण्डारडिक सैनिक वस्तीले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पनन गरेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाकका प्रमुख प्रहरी निरिक्षक खड्क वहादुर खत्रीले शान्ति सुरक्षा र अमन चयन राख्न नागरिक र प्रहरी मिलेर अघि वढ्नु पर्नेमा जोड दिएका छन् । प्रहरी निरिक्षक खत्रीले चाड पर्वका वेलामा चोरी, डकैतीका घट्ना वृद्धि हुन सक्ने उल्लेख गर्दै, कहिकतै संकास्पद गतिविधि देखिए प्रहरीलाई जानकारी दिन आग्रह गरे । उनले सडक दुर्घटना रहित दशैको प्रहरीले यस पटक अपेक्षा गरेको उल्लेख गरे ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका स्थानीय नेता पुष्पकमल ढुगांनाले नयाँ संविधानबाट मात्रै मुलुकले निकास पाउने उल्लेख गरे । नेपाली काग्रेस नगरसभापति राजेन्द्रमणि लामिछानेले नेपाली काग्रेसको नेतृत्वले मुलुकलाई निकास दिने वताएका थिए । नेकपा एमालेका नगर अध्यक्ष मोहमसिंह गुरुङले भयरहित वातावरणमा मात्र संविधान सभाको निर्वाचन भए सवैले मताधिकार प्रयोग गर्न पाउने बताए ।

क्लवका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षताम भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष वावुरा गीरी, क्लवका सल्लाहकार चेतवहादुर गुरुङ, संयुक्त गोर्खा भू.पू सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, इश्वरवहादुर हमाल,जनप्रकाश उच्च मा.वि का कार्यक्रम संयोजक शिवमणि भण्डारी, जनप्रकाश उच्च मा. वि का प्रधानाध्याक कृष्णराज पौडेल, रोटरी क्लव अफ लेखनाथका अध्यक्ष विश्व कर्माचार्य, जनप्रकाश वहुमुखी क्याम्पसका अध्यक्ष माधव भण्डारी, ङयोए तमुधी लेखनाथका अध्यक्ष जंगवहादुरु गुरुङ, सु नारायण सिंह गुरुङ, क्लवका कानूनी सल्लाहकार मदन तिवारी, क्लवका सल्लाहकार रामवहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...