लेखनाथ महोत्सवमा कृषिका स्थानिय उत्पादन प्रदर्शन हुने

पोखरा, ३ माघ/ माघ २६ गते देखी फागुन ८ गते सम्म संचालन हुने नवौं लेखनाथ महोत्सव अन्तरगत गठित कृषि प्रदर्शनी उपसमितिको वैठक सम्पन्न भएको हो । बैठकमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका मुलसंयोजक सुमन भट्टराईले स्थानीय उत्पादनलाई प्राथमिकता दिईने र लेखनाथ महोत्सवको प्राथमिकताको रुपमा रहेको कृषि प्रदर्शनीलाई प्रभावकारी र व्यवस्थित बनाउन सवैलाई आग्रह गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष एवं महोत्सवका सह संयोजक लक्ष्मीप्रसाद त्रिपाठी, महासचिव वावुराम गिरी, कोषाध्यक्ष वलराम ढकाल, कार्यसमिति सदस्य सुरजजंङराणा लगायतले महोत्सवको शुरुवातनै कृषिको सुन्तला प्रदर्शनीवाट गरिएको र महोत्सवको मूख्य आकर्षकको रुपमा रहेको कृषि प्रदशनीलाई सफल पार्नका लागि सम्पुर्ण कृषकहरुलाई आ आफ्नो क्षेत्रवाट सहयोग गर्नका लागि आग्रह गरे ।

कृषि प्रदर्शनी उपसमितिका संयोजक दयाराम तिवारीको अध्यक्षतामा भएको वैठकमा मत्स्य अनुसन्धान केन्द्र वेगनासका प्रमुख जयदेव विष्ट, वरिष्ठ अधिकृत रामकुमार श्रेष्ठ, पशु सेवा केन्द्र शिशुवाका ठगेन्द्र प्रसाद अर्याल, कृषि सेवा केन्द्रका प्रमुख शर्मिला मिश्र, चक्रदेवी दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमराज खनाल, नौविसे दूग्ध उत्पादक सहकारी संस्थाका पदमप्रसाद अधिकारी लगाएतले कृषि प्रदर्शनीलाई प्रभाबकारी, ब्यवस्थित, आकर्षक र सबैलाई सहभागि बनाउनका लागि आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...