पेट्रोल र डिजलको मुल्य बढ्यो

पोखरा, १६ मंसिर / नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मुल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

भारतको इन्डियन आयल कर्पोरेसनबाट मुल्य बढेर आएको भन्दै नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।

पेट्रोलको मुख्य प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।

कमेन्टहरु
Loading...