काठमाडौको धुलो हटाउन महानगरपालिकाको यस्तो अनौठो कदम

Mangsir 15/काठमाडौं महानगरपालिकाले राजधानीको मुख्य सडक सफा राख्न ब्रुमर लगाउने भएको छ।

पहिलो चरणमा टुँडिखेल वरपर त्यसलगत्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत स्थानमा ब्रुमर लगाउन लागेको हो।

राजधानीको सडक धुलाम्य भएको आरोप खेपिरहेको कमपाले पहिला टुँडिखेल क्षेत्रवरपर धुलोमुक्त बनाएर अन्य स्थानमा काम शुरु गर्ने भएको छ।

महानगरपालिकाले टुँडिखेल सफा भएलगत्तै दरबारमार्ग, त्रिपुरेश्वर, माइतीघर हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने मूल सडक, कमलपोखरी, महाराजगन्ज लगायतका एक दर्जनभन्दा बढी सडकमा ब्रुमर लगाउने भएको छ।

कमेन्टहरु
Loading...