सिम्पानी टोल विकासको चौथो अधिवेशन

पोखरा, २१ पुस/लामापाटन सिम्पानी टोलविकास संस्थाको चौथो अंधिवेशनले आईतबार नयाँ कार्यसमिति चयन गरेको छ । शारदा पराजुलीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । दुईवर्षका लागि गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा डा केदारनाथ उपाध्यय चयन भएका छन् । त्यस्तै कृष्ण पौडेल सचिव, दीपक गौतम सह–सचिव र हरिप्रसाद गुरुङ कोषाध्यक्षमा छानिएका छन् ।

संस्थाको सदस्यहरुमा महेशकुमार आले, धनकुमारी पौडेल, बाबुराम बास्तोला, युक्त भण्डारी र लक्ष्मण लामिछाने रहेका छन् । वडा सचिव मञ्जुबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल विकास वडा समन्वय समितिका अध्यक्ष इश्वरीलाल श्रेष्ठ विशेष अतिथि थिए ।

गाउँको बाटोघाटो निर्माण, सरसफाई, महिला शसक्तिकरण, बचत संकलन, वृक्षारोपण लगायतका काममा सक्रिय रहेको संस्थाले अधिवेशनको अवसरमा स्थानीयलाई सम्मान पनि गरेको थियो । सम्मानित हुनेमा संस्थापक माया गुरुङ, गणेशबहादुर गुरुङ, रामप्रसाद भण्डारी, श्याम बानियाँ र शिवमान गुरुङ रहेका छन् । उनीहरु सबैलाई दोसल्ला ओडाएर सम्मानित गरिएको थियो ।

कमेन्टहरु
Loading...