सिद्धबाबा पोखरा आउने, योग शिविरको तयारी पुरा

पोखरा, २१ वैशाख/ पोखराको नदीपुरस्थित नारायणथान मन्दिरमा संञ्चालन हुने पासुपत सिद्ध महायोग ध्यान शिविरको तयारी पुरा भएको छ । महायोगी सिद्ध बाबा कृष्णादासजी महाराजको प्रत्यक्ष उपस्थितिमा बैशाख २३ गतेदेखि २६ गतेसम्म संञ्चालन हुने सो शिविरमा सिद्ध बाबाका र अनुवाई लगायत अन्य भक्तहरुको सहभागी रहने आयोजकले जनाएका छन् ।

सिद्ध महायोग ध्यान सादना केन्द्रका अध्यक्ष भोला बरालका अनुसार हरेक बिहान ६ बजे योग साधना हुनेछ भने दिउँसो ३ बजेबाट प्रवचन हुनेछ । रामनन्दीय संम्प्रादयका प्रखर विद्यावान त्रिभुवन दासजी महाराजबाट तत्वत्रय विषयमा प्रवचन हुनेछ ।

गत वर्ष पोखरामा भू–समाधी लिनु भएका सिद्धबाबाले यस वर्ष रामनवमीको अवसर पारेर सुनसरीको चतरामा पुन भू–समाधी लिएर सफलता प्राप्त गर्नु भएको छ । यस पटकको भू–समाधी पछि सिद्धबाबाको पोखरा आगमनलाई उहाँका अनुवाईले अवसरका रुपमा लिएका छन् ।
योग र साधनाले मानिसलाई सत्मार्गतर्फ उनुमुख गर्ने भएकाले योगको महत्व र दर्शन बारे सिविरमा प्रष्ट पारिने बताइएको छ ।

कमेन्टहरु
Loading...