जेठ २२ गते बुधबार कास्की जिल्लामा शैक्षिक हडताल

पोखरा, २१ जेठ /अखिल क्रान्तिकारी कास्कीले जेठ २२ गते बुधबार कास्की जिल्लामा शैक्षिक हडताल आह्वान गरेको छ । राज्यले विद्यार्थीमाथि दमन गरेको दाबी गर्दै बिप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनले शैक्षिक हड्ताल घोषणा गरेको हो ।

जेठ २२ गते बुधबार कास्की जिल्लामा शैक्षिक हडताल

गत १२ गते अखिल क्रान्तिकारी कास्कीका जिल्ला सचिव विश्वास थापा (पवन) लाई कास्की प्रहरीले बिनाकारण हिरासतमा लिई चरम शारीरिक तथा मानसिक यातना दिएको क्रान्तिकारीको दाबी छ ।क्रान्तिकारी कास्कीका अध्यक्ष काजी गुरुङले प्रेसविज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन ।

कमेन्टहरु
Loading...