फेवाताल बचाउन फिर्के -वुलौदीखोला सरसफाई अभियान सुरु (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, २२ जेठ/विश्व वातावरण दिवसको अवसर पारेर पोखरामा फेवाताल बचाउन फिर्के बुलौँदीखोला सफाई अभियान सुरु भएको छ । अभियानको वागमती सफाई अभियानका अभियन्ता एवम् नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेल, मुख्य सचिव डा. सोमलाल सुवेदीले अभियानको सुरुवाता गरे ।

काठमाडौंमा वागमती सफाई अभियानले चर्चा पाईरहेका बेला पोखरा नगरलाई बिचबाट छिचोल्ने दुई वटा खोलामा पनिसरसफाई अभियान सञ्चालन भएको हो । मानव वस्तीको विचबाट बग्ने खोला फोहोर र प्रदुषित भएपछि नागरिक समाजको अगुवाईमा सरसफाई अभियान अगाडी बढाएको हो ।

फेवातालमा मिसिने फिर्के र बुलौदी खोला प्रदुषित भएपछि तालको अस्तित्व जोगाउन पनि खोला सरसफाई अभियान सञ्चालन सुरु गरेको हो । वृहत सरसफाई अभियानलाई प्रत्येक शनिवार सबै क्षेत्रको सहभागितामा सफाइ गरिने नागरिक समाजका संयोजक रामबहादुर पौडेलले बताए ।

पोखरा उपमहानगरपालिकाको वडा नम्बर २६ अधेरीकुनाबाट सुरु हुने फिर्केखोला झण्डै ८ किलोमिटर लम्वाईको छ भने सोहि वडाको धारापानीबाट सुरु भएको बुलौदीखोलाको लम्वाई झण्डै तीन किलोमिटर छ । यी दुई खोला आसपास घरहरु थपिदै जानु र खोलालाई फोहोर फाल्ने स्थानको रुपमा प्रयोग गर्दा खोलासँगै त्यसको अन्तिम विन्दु फेवाताल समेत प्रदुषित हुन पुगेको हो । पूर्व मुख्य सचिव लिलामणी पौडेलले अभियानलाई सफल बनाउन सबै एकजुट भएर अगाडी बढ्नु पर्ने बताए । उनले नागरीक स्तरबाट अभियान सन्चालन भएका बेला सरकारी निकायले सघाउनु पर्ने बताए ।

फिर्के बुलौदी खोलाबाट बगाएर लगेको प्लाष्टिकजन्य फोहोरमैलाका कारण फेवातालको ड्यामसाइडस्थित गाईघाटमा करिब १० रोपनी पानीको भूभाग टापुमा परिणत भएको जानकारहरु बताउ छन् । यो क्रममा ताल पुरिदै गए र रोकथामको उपाय नअपनाए अबको पाँच बर्षमा त्यस क्षेत्रमा पानीको भाग पुरिएर गल्छीमा परिणत हुने उनको भनाई छ ।

विश्व वाताबरण दिवसको अबसर पारेर सुरु गर्न लागिएको बृहत सरसफाई अभियानममा विद्यार्थी, सुरक्षा निकाय, आमा समुह, टोली विकास संस्था, वित्तिय संस्थाका व्यक्तिहरुको ठुलो उपस्थिती रहेको थियो । मुख्य सचिव डा. सोमलाल सुवेदीले टोल विकास संस्था र नगरपालिकाले यस्तो कामलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

फिर्के खोलाको मुहान अधेरीकुनाबाट सुरु भएको सरसफाई अभियानले करिब एक किलोमिटर सरसफाइ गरेको छ । नागरिक समाजको अगुवाईमा सरोकारवाला सबै संघसंस्थाका प्रमुखसहित संलग्न भई फिर्के – बुलौदीखोला नागरिक सरोकार गठन भएको थियो । वागमती सफाई महाअभियानका डा. राजु अधिकारी, यसपि शम्भु उप्रेती, अर्जुन धरेल, सुष्मा शर्मा, पशुपति न्यौपाने, सरोज महर्जन र मुक्तिनाथ विकास बैंकका निर्देशक नारायण श्रेष्ठ लगायत अभियानमा सहभागी भएका थिए ।

फेवाताल बचाउन फिर्के -वुलौदीखोला सरसफाई अभियान सुरु

कमेन्टहरु
Loading...